गोदावरीमा कुन वडामा कति छन मतदाता ?
अत्तरिया : कैलालीको गोदावरीमा स्थानीय चुनावका लागि ५५ हजार ४९३ जनाले मतदान गर्दैछन । जसमध्ये सबैभन्दा बढी मतदाता गोदावरीको वडा नम्बर १ मा रहेका छन । वडा नम्बर १ मा ६ हजार ३४९ मतदाता रहेका छन । नगरमा सबैभन्दा कम मतदाता वडा नम्बर ७ मा ३ हजार २०९ मतदाता रहेका छन ।
यस्तै, वडा नम्बर २ मा ४ हजार ९९६, वडा नम्बर ३ मा ५ हजार २१४, वडा नम्बर ४ मा ५ हजार ३३२, वडा नम्बर ५ मा ३ हजार ९७० र वडा नम्बर ६ मा ४ हजार ५९२ मतदाता रहेको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले बताएका छन । यस्तै, वडा नम्बर ८ मा ५ हजार ३९४, वडा नम्बर ९ मा ४ हजार १४१, वडा नम्बर १० मा ४ हजार ५१९, वडा नम्बर ११ मा ३ हजार ८७५ र वडा नम्बर १२ मा ३ हजार ९०१ मतदाता रहेका छन ।