बझाङमा दुई ठाउँमा शंकास्पद वस्तु भेटियो

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ ।

प्रेसकुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गर्न वीरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।

यस्तै, जिल्लाकै बुंगल नगरपालिका–८ पिजलीको महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली पठाइसकिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.