अछामका २ ठाउँमा मतदान स्थगित, मतपत्र च्यातिए ४ जना घाइते
धनगढी : अछामका २ ठाउँमा मतदान स्थगित भएको छ । पञ्चदेवल विनायक नगरपालिका ५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेसमाओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो ।
झडपमा मतपेटिका तोडफोड गर्नुका साथै मतपत्र च्यातिएका छन् भने ४ जना घाइते भएका छन् । मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
त्यस्तै साफेबगर नगरपालिका १३ बाब्लामा पनि मतदान स्थगित भएको छ । कांग्रेस (नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो । मतदान सञ्चालनका लागि सर्वदलीय बैठक बसिरहेको छ ।