डडेल्धुराको अमरगढी नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा स्थानीय निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार ४०५ मत गणना हुँदा कांग्रेसका मेयरका उम्मेदवारले १९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारले १६१ मत ल्याएका छन् ।

त्यस्तै, अमरगढीको उपमेयर पदमा कांग्रेसका उम्मेदवारले १९४ र एमालेका उम्मेदवारले १६२ मत प्राप्त गरेका छन् । मत गणना जारी छ । अघिल्लो निर्वाचनमा अमरगढी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका विश्वेश्वरप्रसाद ओझा ९विपिन० विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिल्लीराज जोशीले ३ हजार ६४० मत प्राप्त गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.