दार्चुलाको अपिहिमाल–१ मा एमालेलाई हराउँदै कांग्रेसका लोथ्याल निर्वाचित
दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको छ । लोथ्याल १ सय ८३ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १ सय ५६ मत ल्याए । लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।
पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा ९माओवादी केन्द्र० का भगतसिंह ठेकरे बोहराले २ सय २ मतका साथ अग्रता बनाएका छन् ।
एमालेका धर्मानन्द मन्यालले एक सय २३, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले एक सय ६६ र एमालेकी उर्मीला बोहराले एक सय २१ मत ल्याएकी छन् ।