टीकापुरमा रेशमको नागरिक उन्मुक्ति पार्टीको अग्रता
अत्तरिया : कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता कायम गरेको छ । वडा नम्बर ५ को १०० मत गणना गर्दा मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ३४ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए । यस्तै, सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् ।