बाजुरा खप्तड छेडेदह १ को अध्यक्षमा कांग्रेसका रावल प्यानल सहित विजयी

अत्तरिया : बाजुराका खप्तड छेडेदह–१ काँडाको वडाध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर रावल प्यानल सहित विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दानबहादुर रोकायालाई ४१ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।
वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । रावल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । उनी यस पाली काँग्रेसमा प्रवेश गदैँ टिकट पाएका थिए ।
साबिकको काँडामा गठबन्धन भएको थिएन भने कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । वडा नम्बर एक मा गाउापालिका अध्यक्ष र उपाध्यक्षले पनि लिड गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.