बझाङको थलारा गाउँपालिकामा एमाले विजयी

धनगढी : बझाङको थलारा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए। खातीले ३ हजार १५० मत ल्याउँदा एमालेकी मीरादेवी रावलले २ हजार ५८७ मत ल्याएकी छन्। २०७४ मा एमालेले नै गाउँपालिका प्रमुख र उपप्रमुखमा विजयी भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.