गोदावरी–११ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार बडैला विजयी

धनगढी, १ जेठ : कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी भएका छन् । उनले १ हजार ७० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शिव विकले ५६९ मत पाए । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई हराएर उनी वडा अध्यक्षमा विजयी भएका हुन । बडैलाले खरायो चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.