डोटीको बडीकेदारमा काँग्रेसका प्रमुख उपप्रमुख बिजयी

 डोटी : डोटीको बडीकेदार गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका भैरब बहादुर साउद उम्मेदवार बिजयी भएका छन् । पालिकाको उपप्रमुखमा पनि काँग्रेसकै दम्मरी कुमारी विष्ट बिजयी भएका छन् ।

साउद २ हजार ३ सय ४३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उमेदवार चक्र बहादुर घर्तिले १ हजार ६ सय ८४ मत प्राप्त गरे । त्यस्तै, नेकपा समाजवादीका उमेदवार भक्त बहादुर साउद १ हजार ४ सय ७१ मत प्राप्त गरे ।

उपाध्यइामा कांग्रेस उमेदवार दम्मरी कुमारी विष्ट २ हजार ४ सय ७ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमाले उमेदवार सपना सिडारीले २ हजार २ सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका उमेदवार देवीसरा देवी घर्तीमगरले ८ सय ३२ मत प्राप्त गरे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको पालिका बडीकेदारमा कांग्रेससँग तालमेल नमिले पछि नेकपा –एकीकृत समाजवादी० र नेकपा ९माओवादी केन्द्र० बीच चुनावी तालमेल भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.