बझाङको छबिसपाथिभेरा ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका विजय धामी वडाध्यक्षमा बिजयी भएका हुन् ।

गुलाफको फूल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार धामीले १ सय ३३ मत प्राप्त गरि विजेता हासिल गरेका हुन् । धामीले ३ सय ८७ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष शिशिर धामीले २ सय ४२ मत पाए भने गठबन्धनतर्फबाट नेपाली काँग्रेसका साँझा अध्यक्ष मीनबहादुर मण्डेलले २ सय ५४ मत पाए ।

वडा सदस्यमा स्वतन्त्रबाट महिला सदस्य हर्कादेवी धामी ३ सय २३ मत ल्याएर विजयी भएकी छन् । सदस्यमा गठबन्धन तर्फबाट एसका बसन्त धामीले ४ सय ७१ मत ल्याए भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी अन्जना बोहराले ३ सय ४५ मत ल्याएर बिजयी भएकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.