एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको हायस माइक्रोबस र्दुघटना हुँदा तीन जनाको मृत्यु भएको छ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रोबस सोमबार बिहान साढे ९ बजे दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। चालक प्रकाशसिंह धामी, सहचालक नविनसिंह धामी र हरिष धामीको मृत्यु भएको उनले बताए। मृतक तीनै जना वडा नम्बर ६ ग्वानीका स्थानीय हुन्। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको दार्चुला प्रहरीले जनाएको छ।

गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई लिन ग्यानी गएको हायस सडकबाट ५ मिटर तल रोल खोलामा खसेको थियो।

ण्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.