डडेल्धुराको अमरगढी नगर प्रमुख\उप-प्रमुखमा कांग्रेस विजयी

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै कांग्रेसका नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् ।

कांग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भइन् । प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए । उनका प्रतिद्वन्द्वी भट्टले ३४२६ मत पाए । नेकपा एकीकृत समाजवादीकी संगिता भण्डारीले ७६७ मत ल्याइन्।

उपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याइन् । उनकी प्रतिद्वन्द्वी यज्ञराज भट्टले ३०८५ मत पाए । ०७४ को निर्वाचनमा अमरगढीको प्रमुखरउपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.