गोदावरीमा विजय जुलसमा लगिएको गाडी पल्टियो
धनगढी, ३ जेठ : कैलालीमा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी पल्टिएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको हो।
नेपाली कांग्रेसले निकालेको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ। यस्तै दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएको बताइएको छ।उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।