धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ३ हजार ९४५ मतले अगाडि
अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार दिउँसो ३ बजेसम्म सम्म १७ हजार १५९ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार हमालले ७ हजार ८१६ मत पाएका छन् ।
यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन् । हमाल र वडबीच ३ हजार ९४५ मतको अन्तर छ ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४१६ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ३ हजार ३०७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन् ।