गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि एमालेलको विरोध
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि नेकपा एमालेले विरोध जनाएको छ।
मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएको हो। सत्तारुढ गठबन्धनले चुनावमा धाँधली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप एमालेको छ। सर्बदलीय बैठक जारी रहेको छ ।
उता गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले मतगणना स्थलमा स्वस्तिक छाप भेटिएपछि विवाद भएको बताएका छन्। यद्यपि मतगणना भने नरोकिएको उनले जानकारी दिएका छन्। निर्बाचन कार्यालयले भने मतगणना स्थलमा पहिले देखि नै वडा कार्यालय रहेकाले कार्यालय भित्रको एउटा कोठामा अन्य सामग्री सँगै स्वस्तिक छाप पनि रहेको हुन सक्ने जनाएको छ ।