गोदावरीमा कांग्रेसको अग्रता कायमै, मतान्तर ४२३७
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ। मेयरमा गठबन्धनबाट कांग्रेसका बिरेन्द्र भट्टले १२ हजार ६५३ मतसहित अग्रता कायम गरेका छन्। यस्तै उनलाई पछ्याईरहेका एमालेका गोकर्ण भट्टले ८ हजार ४१६ मत ल्याएका छन्। दुवैबीचको अन्तर ४ हजार २३७ पुगेको छ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाटै एकीकृत समाजवादीकी रत्ना कडायतले अग्रता लिएकी छन्। कडातले ८ हजार १७ मत ल्याउँदा एमालेकी शारदा रोकायाले ७ हजार ९४२ मत ल्याएकी छन्।