डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २८ वर्षीय जोशी विजयी
कैलाली : डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भरत बडायर जोशी विजयी भएका छन् । उनी ५९४१ मतका साथ विजयी भएका हुन् । वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका छन् । जोशीले त्यसअघि वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति र जिल्ला उपसभापति समेत भइसकेका व्यक्ति हुन् ।
गाउँमै एसएलसीसम्म पढेका उनले आइएससी पढ्न महेन्द्रनगर र बिएससी काठमाडौं पढेका थिए । बिएससी फिजिक्स त्रिचन्द्र कलेजबाट गरेपछि तीन वर्षे मास्टर्स चीनबाट गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंक माल डायमण्डले ५८०५ मत ल्याए भने एमालेका केशव बोहराले २६०६ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन् । उनले ५८८५ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कलावती बोहराले ४५९३ मत ल्याइन् । एमालेकी गोमती पन्तले ३२९६ मत पाइन् ।
डडेल्धुरामा कांग्रेस, एमाले, माओवादीले एक्लाएक्लै चुनाव लडेका थिए ।