धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल दोब्बर बढी मतले अगाडि

धनगढी : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतका साथ अगाडि रहेका छन् । उनी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रहेका नृपबहादुर वडलाई ५ हजार ६५९ मतले अगाडि छन् ।
निर्वाचन कार्यालयले बुधबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ८२५ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन् । उपमहानगरका १९ वडा मध्ये १,२,१८ र १९ को मत गणना सम्पन्न भईसकेको छ । १,२ र १९ का वडा अध्यक्षमा काँग्रेस प्यानल सहित विजयी भएका छ । यस्तै, वडा नम्बर १८ मा नेकपा एमाले प्यानल सहित विजयी भएको छ । अहिले वडा नम्बर ३, ४, १६ र १७ को मत गणना जारी रहेको छ । ६३ हजार ७१५ मत खसेको मध्य बुधबार विहान सम्म २३ हजार २२३ मत गणना गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.