सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको गृहपालिका केआईसिंहमा काँग्रेस विजयी
अत्तरिया : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेस अत्याधिक मतले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोकेन्द्रबहादुर शाही ले ४२६२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका केशवनाथ योगीले ३६२ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा पनि काँग्रेसकै मिनादेवी विष्ट विजयी भएकी छिन् । उनी ४०७२ मतसहित विजयी भएकी हुन । उनकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन् ।
केआईसिंह एकीकृत समाजवादीकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको गृहपालिका पनि हो । केआईसिंहमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो । गाउँपालिकाका सात ओटा वडाहरुमध्ये चार वडामा काँग्रेस, एक÷एक वडामा समाजवादी, माओवादी र राप्रपाका उम्मेदवार विजयी भएका छन् ।
डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा ६ पालिकामा काँग्रेस विजयी भएको छ भने एमाले र माओवादी एक÷एक पालिकामा विजयी भएका छन् ।