गोदावरीमा गठबन्धन तर्फका काँग्रेसका मेयरका उम्मेदवार बिरेन्द्र भट्ट जित नजिक

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । प्राप्त मत परिणामा अनुसार काँग्रेसका मेयरका उम्मेदवार बिरेन्द्र भट्ट भारी मत सहित जित नजिक पुगेका छन । सामाजिक सञ्जालमा बधाई आए पनि मत गणना सम्पन्न भने हुन सकेको छैन् ।

उनले गणना शुरु भए देखी नै लिड गरेका थिए । उनले वडा नम्बर ७ को केही मत गन्न बाँकी रहँदा सम्म १५ हजार ४१६ मत पाएका छन । उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टले ११ हजार १५४ मत मात्रै पाएका छन । दुबैको मतान्तर भने ४ हजार २६२ रहेको छ । वडा नम्बर ७ को मतगणना भने जारी नै रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.