अछामको मंगलसेनको मेयरमा एमाले विजयी

अछाम : अछामको मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मंगलसेनको मेयरमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा निर्वाचित भएका छन् ।

बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उपमेयरमा एमालेकै संगीता रावल सोडारी विजयी भएकी छन् । मंगलसेनमा कांग्रेस(समाजवादी गठबन्धन थियो । मेयरमा एमालेका उम्मेदवार बोहराले ५ हजार ७ सय ३७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी उम्मेदवार सोडारीले ५ हजार ७ सय १९ मत प्राप्त गरेर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका बम रावलले ३ हजार ७५ मत प्राप्त गरेका थिए । नगर प्रमुख बोहरा स्थानीय तह २०७४ सालको निर्वाचनमा कांग्रेसमाओवादी गठबन्धनलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका थिए । २०७४ सालमा ९ वडा जितेको कांग्रेस यो पटक भने ४ वडामा सिमित रह्यो । १० वडाअध्यक्षमा एमालेका उम्मेदवार जितेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.