गोदावरी नगरपालिकाको मेयरमा काँग्रेस, उप-मेयरमा एमाले निर्वाचित
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन ।
काँग्रेसका उम्मेदवार वीरेन्द्रले १५ हजार पाँच सय नौ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी गोकर्णले ११ हजार दुई सय २४ मत प्राप्त गरे । यस्तै उपप्रमुखमा नेपाल कम्यूनिष्ट पार्टीकी उम्मेदवार शारदा देवी रोकाया निर्वाचित भएकी छिन् । उनले १० हजार छ सय ७० मत प्राप्त गरिन् । नगरपालिकाको उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा एकीकृत समाजवादीलाई उम्मेदवार बनाएको थियो ।
सो नगरपालिकामा सत्ता गठबन्धनकातर्फकी उपप्रमुखकी उम्मेदवार रतना कडायतले नौ हजार नौ सय ८३ मत प्राप्त गरेकी छिन् । उनी निवर्तमान उपप्रमुख हुन् ।