धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडि
अत्तरिया : कैलालीको धनगढी उपमहानरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ७ हजार ५१ मतले अगाडि रहेका छन् । बिहिबार विहान सार्वजनिक भएको मत परिणाम अनुुसार प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृप बहादुर वड भन्दा हमाल अगाडि रहेका हुन्
विहिबार बिहान साढे ६ बजे सार्वजनिक गरिएको विवरण अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत पाएका छन । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत पाएका छन् ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४ मत पाएका छन् । बिहिबार विहान सम्म ३० हजार ६९८ मतगणना भएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए
अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ । सार्वनजिक भएको मत परिणाम अनुसार वडा नम्बर १८ वाहेक सबैमा काँग्रेस विजयी भएको छ । उपमहानगरका १९ वडा मध्ये अहिले वडा नम्बर ५, ६, ७, १४, १५ र १६ को मत गणना जारी रहेका छ ।