कैलालीको घोडाघोडीको मेयरमा समाजवादीका रावत विजयी

अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खड्क रावत प्रतिद्वन्द्वि भन्दा चार हजार ८८७ बढी मत ल्याएर विजयी भएका छन् ।

विहीबार सार्वजनिक नतिजा अनुसार रावत प्रतिद्वन्द्वि भन्दा ४९४९ बढी मत ल्याएर विजयी भएका छन् । रावतले १३ हजार १२८ र प्रतिद्वन्द्वि एमालेका ममताप्रसाद चौधरीले आठ हजार २४९ मत पाएका छन् । चौधरी निर्वमान मेयर हुन ।

यस्तै उपप्रमुखका नेपाली काँग्रेसकी गुलिया चौधरी प्रतिद्वन्द्वि भन्दा पाँच हजार ३०७ बढी मत पाएर विजयी भएकी छन् । उनले १२ हजार २७० र एमालेकी करुणा वम वटालाले छ हजार ९६३ मत पाइन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.