गोदावरी नगरपालिकाका नव निर्वाचित नगर प्रमुख बिरेन्द्र भट्टले लिए सपथ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिरेन्द्र भट्टले सपथ लिएका छन । बिहिवार जिल्ला न्यायाधिस जयानन्द पनेरुले भट्टलाई सपथ खुवाएका हुन ।
बुधवार सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भट्टले एमालेका उम्मेदवार गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ को फराकिलो अन्तरले पराजित गरेका थिए ।
कांग्रेसका उम्मेदवार भट्टले १५ हजार ५ सय १ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरेका थिए । निर्वाचित अन्य जनप्रतिको शपथ भने आजै साँझ अत्तरियामा हुने निर्वाचन अधिकृतको कार्यालय गोदावरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.