धनगढीमा हमाल र वडबीच ८ हजार मतको अन्तर

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन् । उनी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ८ हजार ९६ मतले अगडि रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको बिहिबार साझ ६ बजे सार्वजनिक गरिएको विवरण अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६ हजार ४१५ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार १२३ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ७७४ मत पाएका छन् । हमाल र वडबीच ८ हजार २९२ मतको अन्तर छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४५७ मतका साथ लिड गरिरहेकी छिन्।
एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन् । १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । यसमा ३५ हजार ८९४ मतगणना भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.