नगरबासीको सेवक भएर काम गर्नेछु : नव निर्वाचित मेयर बिरेन्द्र भट्ट
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नव निर्वाचित मेयर बिरेन्द्र भट्टले नगरवासीको सेबक भएर काम गर्ने बताएका छन । नव निर्वाचित जनप्रतिनिधीहरुको सपथ ग्रहण कार्यक्रममा उनले आफुले आफ्नो ५ बर्षे कार्यकालमा नगरबासीको सेबक भएर काम गर्ने बताएका हुन् । उनले भने म लगायत नव निर्बाचित जनप्रतिनिधीको काँधमा ठुलो जिम्मेवारी आएको छ ।
हामी जनताबाट अनुमोदित हुँदै गर्दा हामीले जनताको माथि हामीले शासक बनेर होइन सेबक बनेर काम गर्ने हो त्यसै अनुसार काम गर्नेछौ । नगरप्रमख भट्टले उनले गोदावरी नगरपालिकालाई शुशासन युक्त र भ्रष्टाचार मुक्त पार्ने समेत दाबी गरेका छन् ।