धनगढीमा काँग्रेसका मेयरको उम्मेदवार रहेको वडामा माओवादी प्यानल सहित निर्वाचित

धनगढी, ६ जेठ : धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका भागीराम चौधरी आफ्नो पूरै प्यानलसहित निर्वाचित भएका छन् । वडा नम्बर ६ काँग्रेसका मेयरका उम्मेदवार नृपबहादुर वडको वडा हो ।

चौधरी नौ सय ५३ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका इश्वरीजंग बमले सात सय सात मत प्राप्त गरेर पराजित भए ।

नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार डण्डीराज सुवेदीले छ सय एक मत प्राप्त गरेका छन् । वडा सदस्यमा नेकपा माओवादीकै महेन्द्र थापा, भावना चौधरी, रामबहादुर राना र रिता मगराती विजयी भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.