धनगढीका सबैभन्दा कान्छा वडा अध्यक्ष, जो सबैभन्दा बढी मतान्तरणले विजयी भए
धनगढी, ६ जेठ : कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गज्जुर शाही ले सबैभन्दा बढी मतान्तरणले विजय भएका छन् ।
हालसम्म मत गणना सम्पन्न भएको वडा अध्यक्षको मतपरिणाम अनुसार दोब्बर बढी मतान्तरले गज्जु शाही विजयी भएका हुन् ।
नेपाली काँग्रेसका शाहीले निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका धिमलाई जोशीसंग ११४८ मतान्तरणले विजयी भएका हुन् ।
कुल खसेको ४ हजार ७७९ मतमध्ये शाहीले एक हजार ९३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वि जोशीले ७८९ मत पाएका छन् ।
नगरकै कान्छा वडा अध्यक्ष शाहीले प्यानलसहित जित हासिल गरेका हुन् । सदस्यमा नेपाली काँग्रेसका विपिन कटवाल, दत्तुराम पाण्डे, यशोदा भण्डारी र माया ताम्राकार विजयी भएका छन् ।
वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार टेकराज ओझ (चुनाव चिन्ह धारा) ले ४२६ मत पाएका छन् । टेकराज ओझा नेपाली काँग्रेसका वडा नम्बर ५ का सभापति हुन् । तर, उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का स्वतन्त्र उम्मेदवा पदमराज भट्ट चुनाव चिन्ह (आँप) ले ४५४ मत पाए ।