स्वास्थ्य मन्त्रीको कार्यभार पर्यटन मन्त्री आलेलाई

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतीवडा जेनेभा जानेभएपछि पर्यटन, संस्कृती तथा नागरीक उड्‍ययन मन्त्री प्रेम आलेलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका छन्।

मन्त्री खतीवडा विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन शुक्रबार स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन्। खतिवडाको अनुपस्थितीमा प्रधानमन्त्री देउवाले संस्कृती, पर्यटन तथा नागरीक उड्ड्यन मन्त्री आलेलाई स्वास्थ्य मन्त्रीको कार्यभार समेत सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन्। हाल स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ्‌ रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.