कैलालीले पायो पहिलो महिला मेयर

अत्तरिया, ६ जेठ : कैलाली लम्की नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशीला शाही विजयी भएकी छन् । उनी कैलालीको पहिलो महिला मेयर हुन् । उनी १२ हजार ७१३ मत ल्याएर प्रमुखमा विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन् । उनले ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएकी छन् । यहाँ काँग्रेस, माओवादी केन्द्र र नेकमा समाजवाली बीच गठबन्धन भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.