महालक्ष्मी विकास बैंकका वार्षिकोत्सवमा रक्तदान

अत्तरिया, ७ जेठ : धनगढीस्थित महालक्ष्मी विकास बैंकको २८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनगढीमा भएको रक्तदान कार्यक्रममा ४० जनाले रत्तदान गरेका हुन् । रत्तदान कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना राज्य मन्त्री अमर साउँद प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष गणेश भण्डारी, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी, शाखा प्रबन्धक झंकरबहादुर कडायत लगायत विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बैंकका धनगढी शाखा प्रमुख निशान शाहले स्वागत मन्तव्य व्यक्त गरेका हुन् । महालक्ष्मी बैंकले पटक– पटक सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.