धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र हमाल र उप मेयरमा एमालेकी राना विजयी
धनगढी : सुदरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका प्रदेशको राजधानी समेत रहेको धनगढीमा गठबन्धनका दुबै उम्मेदवार पराजित भएका छन्।
आईतबार बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उप मेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी हुन्।
कांग्रेस निकै बलियो मानिएको धनगढीमा गठबन्धन गर्दा पनि नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार भारी मत अन्तरले पराजित भए। यसैगरी, उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार शान्ति अधिकारी क्षेत्री एमालेकी उम्मेदवार कन्दकला रानासँग पराजित भएकी छन्। मत संख्या भने केही बेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ।