कैलाली कांग्रेस जिल्ला सभापतिको वडामा एमाले विजयी

धनगढी : नेपाली कांग्रेस कैलालीका सभापतिको वडामा एमाले विजयी भएको छ । सभापति नारायणदत्त भट्टको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा एमाले विजयी भएको छ । २०७४ को निर्वाचनमा कांग्रेसले सानदार विजय प्राप्त गरेको वडा नम्बर ७ र १२ पनि यसपटक गुमाएको हो ।
कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको वडा नम्बर १२ हो भने क्षेत्रीय सभापति भीम पडालको वडा नम्बर ७ हो। यी दुबै वडामा एमाले निर्वाचित भएको छ।
एमाले २ बाट ६ वडामा बिस्तार
२०७४ को निर्वाचनमा २ वडामा सीमित एमाले यस पटक उपमेयर सहित ६ वडा जितेको छ। एमालेले उपमेयरसहित वडा नम्बर ७, ८, १०, ११, १२ र १८ जितेको हो।
यता, माओवादी केन्द्रले २०७४ को निर्वाचनमा ५ वटा वडा जितेकोमा यसपटक ३ वडा गुमाएको छ। माओवादीले यसपटक वडा नम्बर ६ र १६ मात्र जितेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.