कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु

धनगढी : कैलालीमा ट्र्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्र्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका हुन्।

दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्कुटरमा सवार लम्कीचुहा–७ की २५ वर्षीया जमूना सिंह घाइते भएकी र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

ट्र्याक्टर चालक गौरीगंगा–७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.