सबैभन्दा पहिले सचिवालय सुदृढकरण गर्छु : हमाल
धनगढी : कैलालीको धनगढी उप महानगरपालिकाका नव निर्वाचित मेयर गोपाल हमालले सर्बप्रथम सचिवालय सुदृढिकरण गर्ने बताएका छन् । मेयरमा बिजयी भएपश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै हमालले सबैभन्दा पहिले सचिवालय सुदृढकरण गर्ने बताएका हुन् ।
कुनैपनि योजना सहि तरिकाले कार्यान्वयन गर्नका लागी सचिवालय सुदृढिकरढा हुनुपर्छ हमालले भने, ‘त्यसका लागी कसरी सबै क्षेत्र सुदृढ बनाउन सकिन्छ त्यो कुरामा ध्यान जान्छ त्यसका लागी प्रमुख प्रशासकिय अधिकृत, सबै साखा प्रमुखहरुसंग सल्लाह गरेर कसरी चुस्त दुरुस्त, पारदशी, जनमुखी बनाउन सकिन्छ लाग्छौँ ।