संक्रमणकालीन न्याय सम्बन्धी छलफल

धनगढी, १० जेठ : संक्रमणकालीन न्यायको पछिल्लो अवस्था र ऐन संशोधन विषयमा छलफल सम्पन्न भएको छ । एडभोकेसी फोरम नेपालको आयोजनामा बुधबार धनगढीमा सम्पन्न छलफल कार्यक्रममा द्वन्द्व पीडितका समस्या र अब गर्नुपर्ने समाधानका बारेमा छलफल गरिएको थियो । सो अवसरमा द्वन्द्व पीडित दीपक मल्लले राज्यले द्धन्द पीडितका समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । उनले द्वन्द्व सकिएको लामो समय बित्दा पनि पीडितका समस्या अझै समाधान हुन नसकेको गुनासो गरे ।
यसैगरी अर्का द्वन्द्व पीडित गणेश मल्लले राज्यले अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता पुरा गर्नुपर्ने बताए । यहि १६ गते संघीय कानुन मन्त्री सहितको कार्यक्रम धनगढीमा हुन लागेकाले मन्त्री संग राख्नु पर्ने विषयबस्तुबारे पनि छलफल भएको द्वन्द्व पीडित मल्लले जानकारी दिए । यस क्षेत्रमा रहेका द्वन्द्व पीडितको सहभागितामा सम्पन्न कार्यक्रममा अधिवक्ता पुष्पबिक्रम शाही र विरबहादुर बिष्टले सहजीकरण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.