गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अत्तरिया : निर्माणाधिन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ। गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समिति अत्तरियाले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउनुपर्ने, मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिनुपर्ने लगायतका माग राखिएका छन्। सरकारले आर्थिक बर्ष २०७९\०८० को नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नपारेपछि स्थानीयहरु आन्दोलित छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.