गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

अत्तरिया : कैलालीको गेटा मेडिकल सञ्चालनको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। बिहीवार गेटा मेडिकल सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा तत्काल मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउनुपर्ने, मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिनुपर्ने लगायतका माग राखिएका छन्। सरकारले नीति तथा कार्यक्रममा गेटा मेडिकल नपारेपछि स्थानीयहरु आन्दोलित भएका छन्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.