प्रधानमन्त्री शेरबहादुर देउवा र गोदावरीका मेयर भट्ट बीच भेतवार्ता
गेटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा छलफल
अत्तरिया : प्रधानमन्त्री शेरबहादुर देउवा र कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिरेन्द्र भट्ट बीच भेटवार्ता सम्पन भएको छ । भेटमा गेटा मेडिकल कलेज यथासिघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल भएको छ ।
नगर प्रमुख भट्टले प्रधानमन्त्री देउवालाई बिहिबार काठमाण्डौंमा भेटेर कलेज यथासिघ्र सञ्चालन गर्न माग गरेका हुन् । प्रधानमन्त्री देउवा कलेज सञ्चालनका लागि वजेट विनियोजन गरेको र छिटो सञ्चालनमा ल्याउने प्रतिवद्धता गरेको नगर प्रमुख भट्टले जानकारी दिए ।