बर्दगोरिया २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद
धनगढी,१२ जेठ : कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतबारीमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो।
भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।