अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा रक्तदान
अत्तरिया : कैलालीको अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशको प्रायोजनमा सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरियाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
अस्पतालका अध्यक्ष आनन्द भट्टले आफूले कार्यक्रममा १९ औं पटक रक्तदान गरेको बताए । ‘अहिले बिरामीको चाप बढ्ने समय भएपनि कैलालीको ब्लड बैंकमा रगतको अभाव भएका कारणले रक्तदान कार्यक्रमको आयोजना गरेका हौ’ उनले भने ‘रक्तदानको लागि सबैलाई रगत दिन आह्वान पनि गर्दछु ।’
उक्त अभियानमा रगत दान गरेका धर्म सिह कुवरले रक्त दान गर्ने अवसरका लागि आयोजन र प्रायोजकलाई धन्यावाद ज्ञापन गरे । उनले रगतको अभावमा कसैको ज्यान नजाओस भन्ने उद्देश्यले रक्तदान गरेको बताए ।