बाजुरा,१८ जेष्ठ : राष्ट्रपती विद्यादेवी भण्डारी बुधबार बिहान बाजुरा बडिमालिका मन्दिरमा दर्शन गरी सुर्खेत फकिएकी छन् । बडीमालिका मन्दिरको दर्शन र पुजापाठका लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरबाट बाजुरा आईपुगेको राष्ट्रपति भण्डारी बिहान १० बजेको समयमा दर्शन र पुजापाठ सकेर सुर्खेत फर्किएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्य थापाले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि राष्ट्रपती भण्डारी बुधबार विहान ७ बजेर ३० मिनेटमा सदरमुकाम मार्तडीमा रहेको नेपाली सेनाको दुर्गा भन्जन गुल्ममा अवतरण गरेकी थिईन् ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् ।
पहिलो पटक बाजुरामा आएकी राष्ट्रपती भण्डारीले बडीमालिका मन्दिरको दर्शन र पुजा पाठ गर्नुका साथै हेलिकप्टर मार्फत बाजुरा जिल्लाको सदरमुकाम समेत अवलोकन गरेकी छन् ।