गोदावरीको पहिलो कार्यपालिका बैठक : निशुल्क एम्बुलेन्स सेवा देखि विज्ञ टोली गठन गर्ने निर्णय

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बिहिबार बसेको पहिलो कार्यपालिका बैठकले नगरमा निःशुल्क एम्बुलेन्स सेवा देखि समग्र विकासका लागि विज्ञ टोली गठन गर्ने निर्णय गरेको छ ।

बैठकले नगरवासिलाई जेष्ठ नागरिक, अपाङ्गता, सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, नगरपालिका शव बाहान खरिद गर्ने, गोदावरी आर्यघाट सम्मको बाटो कालोपत्रे गर्ने, बजारमा खोका छाप्रा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै बैंठकले अत्तरिया चोकमा सडक बत्ती राख्ने, अत्तरिया चोकमा ढल निकास गर्न सडक डिभिजन कार्यालय महेन्द्रनगर संग समन्वय गरेर काम अगाडी बढाउने र नगरपालिकाको समग्र विकासका लागि विज्ञटोली गठन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.