जबरजस्ती करणीको अभियोगमा बैतडीका ६८ वर्षीय वृद्ध पक्राउ

बैतडी  : जबरजस्ती करणी गरेको अभियोगमा बैतडीमा एक जना ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका–४ द्वरीका ६८ वर्षीय मोहन सिंह बोहरा रहेका छन् । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले बोहरालाई शनिबार बिहान पक्राउ गरेको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.