काँग्रेस क्षेत्र नम्बर ४ द्वारा जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

अत्तरिया : नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ ले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
क्षेत्रिय सभापती बसन्त रोकायाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा काँग्रेसबाट गोदावरी, गौरीगंगा र चुरेका निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । काँग्रेसबाट गोदावरीमा मेयर, गौरीगंगामा उपमेयर र चुरेमा उपाध्यक्ष सहित अन्यमा वडा अध्यक्ष सदस्यहरुले चुनाव जितेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रममा गोदावरी नगरपालिका मेयर बीरेन्द्र भट्टले पाँच बर्षमा नगरलाई सुविधा सम्पन्न बनाउने दावी गरे । स्वास्थ्य, शिक्षा र यातायातका क्षेत्रमा विभिन्न सहुलियतका कार्यक्रम ल्याउने बताए । उनले विकासका योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर अवको योजना तथा कार्यक्रममा पार्ने बताए । जनताको सहभागितामा विकासका कार्यक्रम अगाडि बढाउने बताए ।
कार्यक्रम नेपाली काँग्रेसको प्रदेश कोषाध्यक्ष उत्तम कठायतको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन क्षेत्र नम्बर ४ का सचिव जयराज फुलाराले गरेका हुन् । कार्यक्रममा गोदावरी, गौरीगंगा र चुरेबाट निर्बाचित वडा अध्यक्ष तथा सर्वसारधणहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.