सार्वजनिक यातायातको भाडादर घट्यो

काठमाडौँ,१२ असार : सरकारले सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आइतवार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।

यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.