चुरे गाउँपालिकामा खेलको संस्थागत सुुशासनका लागि तालिम सुुरु

अग्नी संवाददाता
अत्तरिया, १२ असार : खेलसम्बन्धी संस्थाहरुको संस्थागत सुुशासनका लागि दुुई दिने तालिम कैलालीमा सुुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापनमा सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा कैलालीको चुरे गाउँपालिकामा सो तालिम शुरु भएको हो ।
मञ्चका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको तालिमको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले ब्यानरबाट हस्ताक्षर गरेर समुदघाटन गरेकी थिइन । सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीयतह र जिल्लालाई पहिचान गराउन सकिने बताइन । उनले भनिन ‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार छ ।’ उनले खेलकुदले मानिसलाई अनुशासित पनि बनाउने बताइन । खेलकुदले मानिसलाई स्वस्थ राख्नपनि टेवा पुर्याउने बताइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमप्रदेश अध्यक्ष योगेश रावलले मञ्चले प्रदेशमा खेलकुदको विकासमा थप बल दिइरहेको बताए । उनले खेलकुदमंचमा आवद्ध पत्रकारकै कारण यस प्रदेशमा ओझेलमा रहेका खेल क्षेत्र र खेलाडीहरुलाई देशभरी चिनाउन कलम मार्फत योग्दान पुर्याईरहेको बताए ।
मञ्चका उपाध्यक्ष श्रवण देउवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भानुुभत्त mआचार्यले गरेका थिए । तालिममा कान्तिपुरका खेलकुदपत्रकार हिमेश ब्रजाचार्य, खेलकुद पत्रकार मञ्चका गोविन्दराज नेपाल, विराट जंग रायमाझि, अञ्जनखड्का लगायत प्रशिक्षक रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.