अत्तरिया : नेकपा एमालेले निर्माणको अन्तिम चरणमा पुगेर पनि सञ्चालन अनिश्चित बनेको गेटा मेडिकल कलेजका विषयमा सरकार गम्भीर नबनेको ठहर गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्म पाठकद्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत संरचना तयार गरेर पनि सञ्चालनमा जोड नदिनु सरकारको गैर जिम्मेवारपूर्ण काम भएको टिप्पणी गरिएको छ ।
गेटा मेडिकल कलेजका लागि हालसम्म साढे तीन अर्ब रूपैयाँ खर्च भइसकेको छ। तर, ‘मोडालिटी’ बारे अन्योलता छ । यसक्रममा आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको संसदीय टोलीले निरीक्षण गर्दैछ ।